(१) कोषको लगानी नीति निर्धारण गर्न तथा कोषको रकम सुरक्षित क्षेत्रमा लगानी गर्ने सम्बन्धमा कोषलाई सुझाव पेश गर्ने काम समेतको लागि कोषले एक लगानी प्रवर्द्धन समिति गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको लगानी प्रवर्द्धन समितिमा देहायका सदस्यहरू रहनेछन् – (क) कार्यकारी निर्देशक –अध्यक्ष
(ख) समितिका सदस्यहरू मध्येबाट समितिले मनोनीत गरेको एक जना –सदस्य
(ग) अर्थ तथा लगानी विज्ञहरू मध्येबाट समितिले मनोनीत गरेको एक जना –सदस्य
(३) उपनियम (२) को खण्ड (ख) र (ग) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(४) लगानी प्रवर्द्धन समितिले आवश्यकता अनुसार कुनै स्वदेशी वा विदेशी विशेषज्ञ, सल्लाहकार, ऋण वा अनुदान दिने संस्थाको प्रतिनिधि वा नगर विकाससँग सम्बन्धित लब्ध प्रतिष्ठित व्यक्तिलाई लगानी प्रवद्र्धन समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(५) लगानी प्रवद्र्धन समितिको बैठकसम्बन्धी अन्य कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।